नेपाल टेलिकमको सेवा झण्डै चार घण्टा बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

नेपाल टेलिकमको सेवा झण्डै चार घण्टा बन्द हुने



काठमाडौँ । आज राति नेपाल टेलिकमको सेवा झण्डै चार घण्टा बन्द हुने भएको छ। विलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब चार घण्टा रिचार्ज सेवा अवरुद्ध हुने नेपाल टेलिकमले जनाएको छ।

यस अवधिमा व्यालेन्स रिचार्ज र डाटा प्याकेज खरिदसहितका सेवाहरु प्रभावित हुने छन्। टेलिकमले राति ११ बजेअघि नै रिचार्ज र आवश्यक डाटा प्याकेज खरिद गर्न पनि टेलिकमले सम्बन्धित सबैमा अनुरोध गरेको छ। तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने बन्द नहुने टेलिकमको सूचनामा उल्लेख छ।

प्रकाशित : 1 August, 2024 11:14 am