राष्ट्र बैंकको सर्कुलरः असल कर्जामा १.१० प्रतिशत मात्र प्रोभिजन गरे पुग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकको सर्कुलरः असल कर्जामा १.१० प्रतिशत मात्र प्रोभिजन गरे पुग्ने



काठमाडाैं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको व्यवस्था कार्यान्वयनको लागि सर्कुलर जारी गरेको छ। बुधबार बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्दे मौद्रिक नीतिमा लिएका व्यवस्थाहरु कार्यान्वयनमा ल्याएको हो।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई असल कर्जामा १.१० प्रतिशत मात्रै प्रोभिजन गरे पुगे व्यवस्था कार्यान्वयनमा ल्याएको छ। यसअघि बैंकहरुले असल कर्जामा १.२० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो।

यसैगरी बैंकदर ६.५ प्रतिशतमा झरेको छ भने नीतिगत दर ५ प्रतिशतमा झरेको छ।

प्रकाशित : 1 August, 2024 11:14 am