फोन पेले ल्यायो “फोन पे डिरेक्ट : पैसा पठाऔं ठाउँको ठाउँ” अभियान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

फोन पेले ल्यायो “फोन पे डिरेक्ट : पैसा पठाऔं ठाउँको ठाउँ” अभियान

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपे ले “फोन पे डिरेक्ट : पैसा पठाऔं ठाउँको ठाउँ” अभियान सञ्चालनमा ल्याएको छ ।

यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्यूआर मार्फत् अन्तरबैंक रकम ट्रान्सफर सेवा बारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। यसबाट मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त हुनुका साथै सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने अपेक्षा गरिएको छ ।

यो अभियान दुई महिनासम्म चल्नेछ र भदौ ३१ गते हुनेछ। यस अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई आईफोन फिप्टिन प्रो दिने मेगा उपहार योजना छ। यो मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताहरूले पोनपे डाइरेक्टबाट पैसा पठाउँदा रिमार्क्स सेक्शनमा विशेष प्रमोकोडूँयलभउबथ म्ष्चभअतू राख्नुपर्नेछ र अभियान अवधिमा मोबाईल बैँकिङ् एप प्रयोग गरेर फोनफे डाइरेक्टमार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नु पर्नेछ।

उक्त विशेष अभियान पुनः ल्याउन पाउँदा उत्साहित भएको उल्लेख गर्दै कम्पनीका चिफ इष्ट्राटेजी अफिसर सुबोध शर्माले यो अभियानले नेपाली उपभोक्ताहरूका लागि डिजिटल कारोबारलाई अझ पहुँच योग्य बनाउने विश्वास लिएको बताएका छन् ।

प्रकाशित : ६ श्रावण २०८१, आइतबार १५:४० 21 July, 2024 3:40 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।