निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिनेछः प्रधानमन्त्री ओली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिनेछः प्रधानमन्त्री ओली



काठमाडौँ । निजी क्षेत्रको मनोबल बढने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघसंगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तार विना बिकास सम्भव नभएको बताउदै उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने बताएका हुन् ।

महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने बताए । निजी क्षेत्र विना अर्थतन्त्र सुधार हुन नसक्ने बताउदै प्रधानमन्त्री ओलीले सरकारले उद्यमी व्यवसायीलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाए । उक्त भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको पनि उपस्थिति थियो ।

प्रकाशित : २ श्रावण २०८१, बुधबार १४:४७