बैंकिङ प्रणालीमा बढ्दै निक्षेप, कर्जा प्रवाह पनि थाल्यो बढ्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकिङ प्रणालीमा बढ्दै निक्षेप, कर्जा प्रवाह पनि थाल्यो बढ्न



काठमाडौं । बैंकिङ प्रणालीको निक्षेप संकलन एकैदिन पाँच अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार असार ३० गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ८२ अर्ब रहेको छ । गत असार २९ गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको थियो।

यसरी एक दिनको अवधिमा बैंकिङ प्रणालीमा ५ अर्ब रुपैयाँ थपिएको हो । वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि चार अर्बले बढ्दै ५७ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । गत असार २९ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ५७ खर्ब ४७ अर्ब रुपैयाँ थियो । अन्य वित्तीय संस्थाको निक्षेप संकलन पनि एक अर्ब रुपैयाँले बढेको छ । असार ३० गतेसम्म अन्य वित्तीय संस्थाको निक्षेप संकलन सात खर्ब ३१ अर्ब रहेको छ ।

निक्षेप संकलन संगै बैंकिङ प्रणालीमा कर्जा प्रवाह पनि बढेको छ । गत असार २९ गतेसम्म ५१ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा असार ३० गतेसम्ममा ११ अर्ब रुपैंयाले बढेर ५१ खर्ब ६० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । जुन अघिल्लो दिन अर्थात असार २९ गते उक्त कर्जा ५१ खर्ब ४९ अर्बमा सिमित रहेको थियो ।

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि १० अर्बले बढेर ४५ खर्ब ६४ अर्ब रहेको छ । असार २९ गतेसम्म ७७.५१ प्रतिशत रहेको सीडी रेसियो बढेर ७७.६१ प्रतिशतमा पुगेको छ ।

यस्तै अन्तर बैंक ब्याजदर भने यस अवधिमा स्थिर रहेको छ । अघिल्लो दिन २.९३ प्रतिशत रहेको व्याजदर भोलिपल्ट असार ३० गतेपनि २.९३ प्रतिशत कायम रहेको छ ।

प्रकाशित : १ श्रावण २०८१, मंगलवार १७:१७