प्रधानमन्त्री ओली सहित नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ (सूचीसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

प्रधानमन्त्री ओली सहित नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ (सूचीसहित)



काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोमबार अपरान्ह प्रधानमन्त्रीको पद र गोपनीयताको शपथ लिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीको पद र गोपनीयताको शपथ लिएका हुन् । साथै प्रधानमन्त्री ओलीले पहिलो दिनमै २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई पनि राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

यी हुन् शपथ लिएका मन्त्रीहरु:

केपी शर्मा ओली, प्रधानमन्त्री

प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास

विष्णु पौडेल, उपप्रधान तथा अर्थ

पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय

रमेश लेखक, गृह

शरतसिंह भण्डारी, श्रम तथा रोजगार

आरजु राणा देउवा, परराष्ट्र

नवलकिशोर साह सुडी, महिला बालबालिका

बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी

दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति

देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात

तेजुलाल चौधरी, युवा तथा खेलकुद

प्रदीप यादव, खानेपानी

प्रदीप पौडेल, स्वास्थ्य

अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला

बद्री प्रसाद पाण्डे, पर्यटन

रामनाथ अधिकारी, कृषि

विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि

मानवीर राई, रक्षा

दीपक खड्का, जलस्रोत तथा ऊर्जा

राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य

ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण

प्रकाशित : ३१ असार २०८१, सोमबार १३:५२