एनआईसी एशिया बैंकको भाखा नाघेको कर्जा असारभित्र तिरे जरिवानामा शतप्रतिशत छूट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एशिया बैंकको भाखा नाघेको कर्जा असारभित्र तिरे जरिवानामा शतप्रतिशत छूट



काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा लिएका ग्राहकहरूका लागि विभिन्न ब्याज छूट योजना ल्याएको छ। कम्पनीले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने उद्धेश्यले यो अफर ल्याएको हो।

कम्पनीले २०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छूट र साधारण बक्यौता ब्याज रकममा समेत विभिन्न छूट प्रदान गर्ने बताएको छ ।

९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेका कर्जामा १५ प्रतिशत ब्याज छूट, १८१ दिनदेखि ३६५ दिनसम्म भाखा नाघेका कर्जामा २५ प्रतिशत र ३६५ दिनभन्दा बढी अवधिको भाखा नाघेका कर्जामा ३५ प्रतिशत ब्याज छूटको व्यवस्था गरेको कम्पनीले बताएको छ ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपूँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने पनि कम्पनीले बताएको छ ।

प्रकाशित : २५ असार २०८१, मंगलवार १५:५१