एनआईसी एशिया र चन्द्रागिरि नगरपालिका बीच नवजात शिशुको मुद्दती खाता खोल्ने सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

एनआईसी एशिया र चन्द्रागिरि नगरपालिका बीच नवजात शिशुको मुद्दती खाता खोल्ने सम्झौता



काठमाडौं । चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी सम्झौता सम्पन्न भएको छ । सो कार्यका लागि चन्द्रागिरि नगरपालिका र एनआईसी एशिया बैंक बीच सम्झौता भएको छ ।

नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रुपमा एनआईसी एशिया बैंक छनौट भई मुद्दती खाता सञ्चालन हुनेगरी नगरपालिका र बैंक बीच सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनिया र चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरीले हस्ताक्षर गरेका छन्।

चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधनसहित २०८०) अनुसार नगरपालिका भित्र मिति २०८० श्रावण १ गते वा सो मितिभन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगे पश्चात् परिपक्व हुनेगरी निजहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधि बमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिनेछ ।

कार्यविधि अनुसार नगरमा स्थायी बसोबास गर्ने महानुभावहरूका छोराछोरीहरू यो योजनाबाट लाभान्वीत हुन सक्ने र यसका लागि जन्मदर्ता अनिवार्य गरिएको उक्त नगरपालिकाले बताएको छ ।

नगरपालिकाले सो अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको ५र५ हजार रुपैयाँका दरले प्रत्येक बालबालिकाको नाममा एनआईसी एशिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ ।

यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने व्यवस्था छ । यस योजनामा सामेल हुने ग्राहकको निक्षेपमा अधिकतम ब्याजदर प्रदान गर्ने कम्पनीले बताएको छ ।

प्रकाशित : १९ असार २०८१, बुधबार १७:२०