किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त एकापसमा गाभिए, असार २७ देखि एकीकृत कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त एकापसमा गाभिए, असार २७ देखि एकीकृत कारोबार



काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त एकापसमा गाभिएपछि मातृभूमि लघुवित्तका नामबाट वित्तीय सेवा प्रवाह हुने भएको छ ।

गत चैत ९ गते दुवै संस्थाको छुट्टाछुट्टै बसेको पाँचौं वार्षिक साधारणसभाले मर्जर (गाभ्ने गाभिने) प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले भने यही जेठ २९ गते गाभ्ने गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो । जेठ २८ गतेसम्म किसान लघुवित्त र जाल्पा सामुदायिक लुघवित्तमा रहेका ग्राहकको सम्पत्ति तथा दायित्व नयाँ संस्था मातृभूमि लघुवित्तले सकार्ने बताइएको छ ।

नयाँ संस्थाबाट असार २७ गतेदेखि एकीकृत कारोबार सुरु हुनेछ । संस्थाको केन्द्रीय कार्यालय लम्कीचुहा, कैलाली र कर्पोरेट कार्यालय बूढानीलकण्ठ काठमाडौंमा रहनेछ ।

साथै, एकीकृत कारोबारका लागि डेटा माइग्रेसन प्रयोजनका लागि असार २६ गते दुवै संस्थाले प्रदान गर्दै आइरहेको कारोबार बन्द रहनेछ ।

प्रकाशित : ९ असार २०८१, आईतवार ०७:३१