‘नाडा अटो शो’ को लागि बिहीबारदेखि स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

‘नाडा अटो शो’ को लागि बिहीबारदेखि स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला



काठमाडाैं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आगामी भदौ ११ देखि १६ गतेसम्म सञ्चालन हुने नाडा अटो शो २०२४ का लागि जेठ ३१ गते बिहीबारदेखि स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिने भएको छ ।

सवारी साधन, पार्टपूर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनीको १६औं संस्करण नाडा अटो शो २०२४ आयोजना गरिने लागेको हो ।

काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको जेठ ३१ गते देखि असार ५ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिने भएको हो । प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने भएको छ ।

प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समूह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

नाडा अटो शो समितिका संयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पु¥याउदै आईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यापारी, उद्यमी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२४ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने आयोजक नाडाको विश्वास रहेको छ ।

प्रकाशित : ३० जेष्ठ २०८१, बुधबार १८:०८