अर्थतन्त्र र जलवायु कार्यमा युवा नेतृत्वलाई अन्वेषण गर्न ब्रिटिश काउन्सिलद्वारा आयोजित कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अर्थतन्त्र र जलवायु कार्यमा युवा नेतृत्वलाई अन्वेषण गर्न ब्रिटिश काउन्सिलद्वारा आयोजित कार्यक्रम सम्पन्न



काठमाडौं। ब्रिटिस काउन्सिलले युवा तथा जलवायु कार्य सम्मेलन २०२४ को उद्घाटन जुन ३ मा गरेको थियो। यस सम्मेलनको उद्देश्य हरित अर्थतन्त्र र जलवायु कार्यमा युवा नेतृत्वको अन्तर सम्बन्ध पत्ता लगाउन विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई भेला गर्नु रहेको थियो। सम्मेलन जुन १० सम्म चलेको थियो।


सहभागीहरूले जलवायु परिवर्तनसँग सम्बन्धित चुनौति र अवसरहरूबारे छलफल गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू मार्फत सक्रिय रूपमा सहभागिता जनाएका थिए। कार्यक्रमले युवाहरूलाई रचनात्मकता, सक्रियता र रोकथामका उपायहरू मार्फत जलवायु सङ्कटसँग जुध्न आफ्ना विचारहरू आदान प्रदान गर्ने मञ्च प्रदान गरेको थियो।


संयुक्त अधिराज्य र नेपाल साझेदारहरूको कन्सोर्टियमसँगको सहकार्यमा, दिगो हरित अर्थतन्त्र र जलवायु कार्यमा केन्द्रित एक दिने विचार गोष्ठी आयोजना भएकाे थियाे। गोष्ठीमा अन्तरक्रियात्मक संस्कृतिकार्यशालाहरू र विद्यार्थी तथा विज्ञहरूका लागि डिजाइन गरिएको विशेष सत्रहरू समावेश थिए।


नवप्रवर्तनकारी हरित परियोजनाहरू प्रस्तुत गर्ने एक हप्तालामो प्रदर्शनीतारागाउँ नेक्स्ट, बौद्धमा जुन १० सम्मखुला रहेको थियो। प्रदर्शनीमानिःशुल्कप्रवेशको व्यवस्था गरिएको थियो। भेलाले बुद्धिजीवीहरू, कलाकारहरू, अभियन्ताहरू, समुदायका सदस्यहरू, शिक्षाविद्हरू, शिक्षकहरू, र युवा नवाचारहरूलाई दिगो भविष्यमा योगदान पुर्याउनको लागि सिर्जनशीलता, उद्यमशीलता, र वातावरणीय दिगोपनको खोजी गर्न सबैलाई एकताबद्ध गरेको थियो।


नेपालका लागि बेलायती राजदूतएचई रोब फेनले आफ्नो मन्तव्यमा ‘युवा र जलवायु परिवर्तन बेलायत र नेपालबीचको सम्बन्धलाई ताजा बनाउनका लागि सबैभन्दा उपयुक्त दुई शब्दहरू हुन् भन्ने उल्लेख गरे। जलवायु परिवर्तन दुवै देशका युवाहरूले सामना गर्ने साझा चुनौती भएकाले यो क्षेत्रले दुवै देशका युवाहरूलाई एक साथ ल्याउने अवसर प्रदान गर्दछ।’


ब्रिटिस काउन्सिलको दक्षिण एसियाका क्षेत्रीय निर्देशक हेलेन सिल्भेस्टरले गोष्ठीको उद्घाटनमा भनिन्, ’आज हामी रचनात्मक हरित अर्थतन्त्रको क्षेत्र र जलवायु कार्यमा युवा नेतृत्वको निर्णायक भूमिकाको खोजी गर्न एक साथ आउँदै छौं, दिगो विकासका लागि सिर्जनशीलता र नवप्रवर्तन शक्तिशाली उत्प्रेरकहरू हुन् भन्ने कुरा नबिर्सौं।


हाम्रो युके साझेदार, एडिनबर्ग नेपियर विश्वविद्यालयका इंगे पन्निल्सले भने, ‘रचनात्मक हरित अर्थतन्त्रले परिवर्तनको लागि वास्तविक शक्तिको रूपमा काम गर्न सक्छः तर यो हाम्रो कर्तव्य हो, हाम्रो साझा कर्तव्य हो – केवल युवा व्यक्तिहरू, डिजाइनरहरू, वा नीति निर्माताहरूमा मात्र भर पर्नु हुँदैन। यो उद्देश्य पूरा गर्नु नागरिकको रूपमा हाम्रो साझा दायित्व हो – विश्वुव्यापी, रूपमा, स्थानीय रूपमा, एकताबद्ध रूपमा इनआवर ह्यान्ड्स कार्यक्रममार्फत विकास गरिएको क्विन्टुपल बटम लाइन फ्रेमवर्क स्थानीय नीतिहरूमा समावेश हुनु मेरो लागि ठूलो उत्साहको स्रोत हो। फ्रेमवर्कले स्थानीय एजेन्सीहरूलाई स्थानीय समुदायहरूसँग काम गर्न कसरी सहयोग गर्न सक्छ भनी हेर्न म आतुर छु।’


स्टोरी साइकलका स्थानीय साझेदार सौरभ ढकालले भने, ’रचनात्मक हरित अर्थतन्त्रतर्फ काम गरिरहेका हामी मध्येका लागि यो विचार गोष्ठी एउटा सफलता हो । हरित अर्थतन्त्रको अवधारणा केही समयदेखि चर्चाको विषय बनेको छ। तर, रचनात्मक हरित अर्थतन्त्र, हामीले परीक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखेको अवधारणा, सार्वजनिक नीतिको क्षेत्रमा भएका लगायत प्रमुख सरोकारवालाहरूले गोष्ठीमा अँगालेको जस्तो देखिन्थ्यो।


गोष्ठीमा, नेपालमा रचनात्मक हरित अर्थतन्त्रमा छलफल पत्र प्रस्तुत गरिएकाे थियाे। रचनात्मक हरित अर्थतन्त्रको अवधारणा शिल्प कौशल, जलवायु परिवर्तन र अन्तरपुस्ता सशक्तिकरणमा केन्द्रित नेपाल–युके आदानप्रदानमार्फत गरिएको थियो। यो प्राज्ञिक, नागरिक समाज र निजी क्षेत्रका साझेदारहरूको सहकार्यबाट उनीहरूको विशेषज्ञता र प्रयासबाट विकसित गरिएको थियो।


छलफल पत्र यहाँबाट डाउनलोड गर्न सकिन्छ। http://Policy Brief-Creative Green Economy in Nepal-Final Draft (britishcouncil.org.np)
नेपाली युवा तथा जलवायु कार्य – धारणा, आकांक्षा र बुझाइ अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरिएकाे थियाे । अध्ययन प्रतिवेदनले जलवायु परिवर्तन र अन्य विश्व व्यापी चुनौतिहरूको बारेमा युवाहरूको बुझाइ र जलवायु कार्यमा नेतृत्वको लागि उनीहरूको तयारीको मूल्याङ्कन गर्दछ। नेपालमा जलवायु पहलहरूमा युवाहरूको सहभागिता बढाउन अध्ययनले प्रमाणमा आधारित सुझावहरू दिने गर्दछ।


अध्ययनप्रतिवेदन यहाँबाट डाउनलोड गर्न सकिन्छ। http://study_on_nepalese_youth_and_climate_action-_reserach_report.pdf (britishcouncil.org.np)

प्रकाशित : २९ जेष्ठ २०८१, मंगलवार १७:११