बैंकिङ्ग कसुर मुद्दामा प्रभु बैंकका सीईओ र डिसीईओ पक्राउ  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

बैंक / वित्त

बैंकिङ्ग कसुर मुद्दामा प्रभु बैंकका सीईओ र डिसीईओ पक्राउ 



काठमाडौँ । प्रभु बैंकका सीईओ अशोक शेरचन र डीसीईओ मणीराम पोखरेललाई बैंकिङ्ग कसुर सम्बन्धी अनुसन्धानका क्रममा सीआईबीले पक्राउ गरेको छ। आज बिजुलीबजारस्थित बैंकको केन्द्रीय कार्यालयबाट उनीहरूलाई नियन्त्रणमा लिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले पुष्टि गरे।

सीआईबीको टोलीले अन्य केही उच्च पदस्थ कर्मचारीलाई पनि बयानका लागि नियन्त्रणमा लिएको छ । बाकी विस्तृत विवरण चाँडै सार्वजनिक गरिने जनाएको छ ।

प्रकाशित : 30 November, 2025 5:55 pm