काठमाडौं। पहेँलो धातु सुनको मूल्यमा आज गिरावट आएको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ९ सय रुपैयाँले सस्तिएको छ । यो गिरावट सँगै सुनको कारोबार प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पनि सुनको मूल्य ८ सय रुपैयाँले घटेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला २ लाख ५३ हजार ३ सय मा भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि ७० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ३ हजार ५५५ रुपैयाँ कायम भएको छ ।





Comment