प्रतिनिधि सभा बैठक दुई दिनका लागि स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

प्रतिनिधि सभा बैठक दुई दिनका लागि स्थगित



काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि डाकिएको बैठक २९ गतेसम्म सरेको हो ।

सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको छ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको हो ।

आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २९ गतेदेखि नियमित छलफल हुनेछ ।

प्रकाशित : २७ जेष्ठ २०८१, आईतवार १२:१६