नाडा प्रतिनिधि र गभर्नरबीच भेटः ऋणको सीमा ५० प्रतिशतबाट ७५ प्रतिशत बनाउन माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाडा प्रतिनिधि र गभर्नरबीच भेटः ऋणको सीमा ५० प्रतिशतबाट ७५ प्रतिशत बनाउन माग



काठमाडाैं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको छ। बिहीबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गभर्नर महाप्रसाद अधिकारीसँग भेटगरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको हो। छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको अटोमोवाइल क्षेत्रलाई माथी ल्याउन आवश्यक रहेका नीतिहरुमा सुधार ल्याउन आग्रह गरे।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको टोलीले मौद्रिक नीतिका विषयमा गर्भनर महाप्रसाद अधिकारीसँग भेट गरे ऋणको सीमा ५० प्रतिशतबाट ७५ प्रतिशत बनाउन माग गरेको हो । छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको अटोमोबाइल्स क्षेत्रलाई माथी ल्याउन नीतिहरुमा सुधारको आवश्यकता भएको बताए ।

उनले अटोमोबाइल व्यवसाय गतिशील हुने गरी मौद्रिक नीति ल्याउन आग्रह गरे । उनले दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने बताए । यसका लागि घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरणगरी चुक्ता प्रमाण पेश गरेको आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गर्नका लागि आग्रह गरे ।

चौधरीले पेट्रोल र डिजेलबाट चल्ने निजी र व्यावसायिक महत्वका सवारी साधनहरुलाई छुट्याउनु पर्ने भन्दै कालो सुचीमा परेका व्यक्ति वा कम्पनीमाथीको कारबाही ज्यादै फितलो भइरहेको बताए । उनले यसलाई थप कडा र प्रभावकारी बनाउन आग्रह गरे ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भारतीय मालवाहक ट्रक नेपालबाट फर्किदा नेपालबाट सामान समेत लैजाने गर्दा नेपालको ढुवानी व्यवसाय र ढुवानीका साधनहरुको बिक्रीमा ठूलो असर परिरहेको बताए । नेपालमा अटोमोबाइल कम्पोनेण्ट उद्योगहरुको प्रशस्त सम्भावना भएकोले यस्तो उद्योगहरु खोल्न सरकारले प्रोत्साहित गर्नुपर्ने धारणा अटाेमोबाइल व्यवसायीको छ ।

प्रतिक्रिया दिदै गभर्नर अधिकारीले अटोमोबाइल व्यवसायबाट राष्ट्रलाई ठूलो राजश्व आउने गरेको बताए । उनले अटो व्यवसायलाई दिगो, फाइनानान्सियल र इकोसिष्टम सिष्टम डेभलप गर्न र आर्थिक गतिविधि बढाउन नेपाल राष्ट्र बैंक लागि रहेको बताए ।

प्रकाशित : २५ जेष्ठ २०८१, शुक्रबार १५:३०