हिमालयन रिइन्स्योरेन्स उपलब्धी , विश्व विख्यात जिआइसी रिको पुनर्बीमा ट्रिटीमा हिस्सा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

हिमालयन रिइन्स्योरेन्स उपलब्धी , विश्व विख्यात जिआइसी रिको पुनर्बीमा ट्रिटीमा हिस्सा



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले फेरि अर्को उपलब्धी हासिल गरेको छ । कम्पनीले विश्व विख्यात पुनर्बीमा कम्पनी जिआइसी रिको पुनर्बीमा ट्रिटीमा हिस्सा प्राप्त गर्न कम्पनी सफल भएको छ ।

भारतको नियमनकारी निकायबाट भारतको पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै कम्पनीलाई यो अर्को सफलता हो ।

स्थापनाको चौथो वर्षमा संचालनमा रहेको निजी श्रेत्रबाट प्रवद्र्धित कम्पनी प्रति जिआइसी रि जस्तो विश्व विख्यात कम्पनीले देखाएको विश्वासले कम्पनीलाई आगामी दिनमा अन्य देशमा समेत व्यवसाय विस्तार गर्न हौसला प्रदान गरेको छ ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारत सहित अन्य ३० भन्दा बढी मुलुकहरुमा व्यवसाय विस्तार गर्न सफल भएको छ ।

प्रकाशित : २४ जेष्ठ २०८१, बिहीबार १०:५९