‘भ्याटमा मिसम्याच हुँदा व्यवसायीमा अन्यौलता बढ्यो ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

‘भ्याटमा मिसम्याच हुँदा व्यवसायीमा अन्यौलता बढ्यो ’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भ्याटमा मिसम्याच हुँदा व्यवसायीमा अन्यौलता बढाएको बताएका छन् । मंगलबार उद्योग व्यवसायीमैत्री वातावरण निर्माणमा निजी क्षेत्र र सरकार संवादबिचको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘बजेटमार्फत तयारी ढुवानी वस्तुमा बढेको भन्सार दरले लागत बढ्ने भयो । भ्याटमा मिसम्याच हुँदा व्यवसायीमा अन्यौलता सिर्जना गरेको छ । भन्सार जाँच पास भएर आएका वस्तु फेरि हेर्ने अभ्यासले उद्योगी व्यवसायीलाई थप समस्या सिर्जना गरेको छ । निर्माण र उत्पादन क्षेत्रमा समस्या छ, यसले करमा भएको नीतिगत व्यवस्थाले थप जटिलता उत्पन्न गरेको छ । बजेटले धेरै अन्यौलता सिर्जना गरेको छ ।’

फलामे छडको अन्त शुल्क वृद्धि हुँदा व्यवसायीहरूको आफ्नो व्यवसायमा मनोबल घटेको अध्यक्ष ढकालले बताए । उनले भने, ‘नीतिगत स्थायित्वको विषयमा पनि महासंघले कुरा उठाउँदै आएको छ । सम्पत्ति अभिलेखीकरणको विषयमा पनि अन्यौलता छ । सार्वजनिक र निजी क्षेत्र दुई सिक्काको एउटै पाटो भएकाले अर्थतन्त्रलाई माथि उकास्न सबैको उतिकै भूमिका हुन्छ ।’

प्रकाशित : २२ जेष्ठ २०८१, मंगलवार १७:२९