कान्तिपुर सहकारीका पूर्व अध्यक्ष सिबी लामा पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कान्तिपुर सहकारीका पूर्व अध्यक्ष सिबी लामा पक्राउ



काठमाडाैं । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामा पक्राउ परेका छन् । लामालाई पक्राउ नेपाल-भारतको सीमाबाट उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

बचतकर्ताको करिब ८ अर्ब ५९ कराड रुपैयाँ बचत अपचलन गरेको अभियोगमा लामालाई पक्राउ गरेको हो । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभका पनि अध्यक्ष हुन् ।

कान्तिपुर सहकारीका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल लाई भने प्रहरीले गत फागुनमा नै पक्राउ गरेको छ । मल्ललाई प्रहरी वृत्त नयाँ बानेश्वरले २०८० फागुनमा पक्राउ गरेर मुद्दा चलाएको थियो । उक्त सहकारी विरुद्ध हालसम्म ३५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन् ।

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार ११:४८