सुनकाे मुल्य तोलामा २३ सय रुपैयाँले बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मुल्य तोलामा २३ सय रुपैयाँले बढ्याे



काठमाडौं । बिहीबार सुनको मुल्य बढेको छ । बुधबार प्रतितोला एक लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ३९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य भने तोलामा ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १७ जेष्ठ २०८१, बिहीबार ११:५३