वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ विनियोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ विनियोजन



काठमाडौं । सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । सरकारले न्यूनतम एक तहको प्रशोधन गरेर जडीबुटी निर्यात गर्ने वातावरण सिर्जना गर्ने बताएको छ । अर्थमन्त्री पुनले उनले वन क्षेत्रको दिगो व्यवस्थापन गरी व्यावसायिक उपयोग गरिने बताएका हुन् ।

उनले राजमार्ग छेउछाउमा उत्पादन हुने स्थानीय उत्पादनलाई जोड दिने बताएका हुन् । वन आगालागी नियन्त्रणका लागि आवश्यक सामग्री खरिद गर्ने बताइएको छ । राष्ट्रपति चुरे संरक्षण आयोजनाको लागी १ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार १६:३९