सहकारीमा फसेको पैसा सञ्‍चालकको सम्पत्ति बेचेर फिर्ता गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीमा फसेको पैसा सञ्‍चालकको सम्पत्ति बेचेर फिर्ता गरिने



काठमाडौं । सरकारले समस्यग्रस्त क्षेत्र घोषणा गरेको सहकारीमा पैसा राख्नेहरुको बचत फिर्ता गर्ने घोषणा गरेको छ । ती सहकारीको सञ्चालकको सम्पत्ति बेचेर भए पनि ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गर्ने अर्थमन्त्री वर्षमान पुनले बताए ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले कानुनमा आवश्यक संशोधन गरी सहकारिताको सिद्धान्त र नीतिबमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गरिने र बचत तथा ऋण सहकारीको नियमन गर्न नियामक निकाय स्थापना गरिने पनि बताए ।

सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न समस्याग्रस्त सहकारीको सञ्चालक र एकाघर परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितो सुरक्षणमा ५ लाखसम्म बचत राख्ने सदस्यको बचत रकम फिर्ता गरिने घोषणा पनि गरिएको हो ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार १६:१७