डिजिटल प्लेटफर्ममा हुने विज्ञापन नियमन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

डिजिटल प्लेटफर्ममा हुने विज्ञापन नियमन हुने



काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममा हुने विज्ञापन नियमन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८१.८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले डिजिटल प्लेटफर्ममार्फत् गरिने विज्ञापन नियमन गरिने बताए ।

‘सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मको प्रयोग मर्यादित र व्यवस्थित बनाइने छ । डिजिटल प्लेटफर्ममार्फत् गरिने विज्ञापन नियमन गरिनेछ,’ उनले भने, ‘विज्ञापन क्षेत्रलाई एकद्वार प्रणालीमा विकसित गरिने छ ।’

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार १६:१०