सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो भने तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर प्रतिोला एक हजार ८८० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित : १४ जेष्ठ २०८१, सोमबार १२:५९