सिटिजन लाइफले माग्यो धेरै शाखाका लागि कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

मुख्य समाचार

सिटिजन लाइफले माग्यो धेरै शाखाका लागि कर्मचारी



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारीका लागि दरखास्त पेश गर्ने आज जेठ १३ गते आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च, सव ब्रान्च म्यानेजर र हेड अफ ब्रान्चका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीले कोशी प्रदेशमा इलाम, सोलुखुम्बु र कटारीका लागि, मधेस प्रदेशमा महेन्द्रनगरका लागि, बागमति प्रदेमा चरिकोट, जरन्खु र कीर्तिपुरका लागि, गण्डकी प्रदेशमा भिमादका लागि, लुम्बिनी प्रदेशमा राजापुरका लागि, कर्णाली प्रदेशमा दैलेख र श्रीनगरका लागि र सुदुरपश्चिम प्रदेशमा दिपायलका लागि कर्मचारी माग गरेको हो ।

प्रकाशित : १३ जेष्ठ २०८१, आईतवार १०:२९