१० महिनामा २१ अर्ब ९१ करोड ९ लाख रुपैयाँबराबरकाे विद्युतीय गाडी आयात « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

१० महिनामा २१ अर्ब ९१ करोड ९ लाख रुपैयाँबराबरकाे विद्युतीय गाडी आयात



काठमाडाैं । चालु आर्थिक वर्ष २०८०/८१ काे १० महिनामा कुल २१ अर्ब ९१ करोड ९ लाख रुपैयाँबराबरकाे १६ हजार ४६७ वटा विद्युतीय गाडी आयात भएका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखसम्म कुल ७ हजार ९७० वटा तीन पाँग्रे विद्युतीय सवारी साधन, र ६ अर्ब ५२ करोड १२ लाख रुपैयाँ बराबरकाे ५० किलोवाट भन्दा माथिका ३ हजार ४७२ वटा गाडी आयात भएका छन् ।

यस्तै, १० महिनाको अवधिमा १३ अर्ब ८७ करोड ७४ लाख रुपैयाँबराबरको ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका कुल ४ हजार ८९६ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

यस्तै १०१ देखि २०० किलोवाटका कुल १०५ वटा सवारी साधन र २०१ किलोवाट माथिका २४ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

यस्तै बैशाख महिनामा मात्रै कुल २ हजार १०२ वटा विद्युतीय सवारी नेपाल आयात भएका छन् । विभागको तथ्यांकअनुसार कुल ६९८ वटा तीन पाँग्रे विद्युतीय सवारी आयात भएका छन् भने ५० किलोवाटसम्मका ५७० वटा र ५१ किलोवाटदेखि १०० किलोवाटसम्म्का ८१९ वटा गाडी, १०१ देखि २०० किलोवाटसम्मका कुल १२ वटा र २०१ किलोवाटदेखि माथिका तीन वटा मात्रै विद्युतीय गाडी भित्रिएका छन् ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । बजेटमार्फत सरकारले विद्युतीय गाडीमा राजस्व बढाउने हल्लाबीच बैशाखमा विद्युतिय सवारी साधनकाे आयात बढेकाे हाे ।

प्रकाशित : १० जेष्ठ २०८१, बिहीबार ११:००