अर्थमन्त्री वर्षमान पुनको बैंक खातामा साढे ३३ लाख रकम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

अर्थमन्त्री वर्षमान पुनको बैंक खातामा साढे ३३ लाख रकम



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक भएको सम्पत्ति विवरणमा अर्थमन्त्री पुनसँग ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको उल्लेख छ ।

एनएमबी बैंक खातामा पुनको ३३ लाख ७० हजार ६१८ रुपैयाँ मौज्दात रहेको उल्लेख छ । उक्त रकम प्राप्तिको स्रोत तलब भत्ता रहेको उल्लेख गरिएको छ । त्यस्तै मन्त्री पुनको रोल्पा नगरपालिका ७ मा ८२० वर्ग मिटरमा फेलिएको घर रहेको र उक्त घर पैतृक रुपमा प्राप्त गरेको विवरणमा उल्लेख गरिएको छ ।

त्यस्तै मन्त्री पुनसँग बा ००१ अ ०००९ नम्बरको सावरी साधन रहेको छ त्यो पार्टीको सम्पत्ति भएको उल्लेख गरिएको छ ।

प्रकाशित : ८ जेष्ठ २०८१, मंगलवार १७:०३