फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय



काठमाडौं । सरकारले जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनका निम्ति फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट नेपाल प्रशासन सेवा समुहीकरणअन्तर्गतको राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा लोकनाथ पौडेललाई बढुवा गर्ने निर्णय पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्

यसैगरी, बैठकले नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गत राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा राजेन्द्रप्रसाद पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय समेत मन्त्रिपरिषद्को बैठकबाट गरिएको छ । खड्का यसअघि पनि सो समितिको अध्यक्ष थिइन् ।

प्रकाशित : ३ जेष्ठ २०८१, बिहीबार १६:०५