१६औं योजनाको लक्ष्य : आगामी पाँच वर्षमा प्रतिव्यक्ति आय २३ सय ५१ डलर अमेरिकी डलर पुर्‍याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

१६औं योजनाको लक्ष्य : आगामी पाँच वर्षमा प्रतिव्यक्ति आय २३ सय ५१ डलर अमेरिकी डलर पुर्‍याउने



काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज सार्वजनिक गरेको सोह्रौ योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७।३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको हो ।

योजना आयोगका अनुसार आव २०७९-८० मा करिब ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५-८६ सम्म ७.३ प्रतिशत पुर्याउने लक्ष्य छ । यस्तै, प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको छ । सार्वजनिक सोह्रौ योजनाका लक्ष्य अनुसार गरिबीको रेखामुनी रहेको जनसंख्या (निरपेक्ष गरिबी) २०.३ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ।

यसैगरी उपभोक्ता मुद्रास्फीतिदर ७.७ प्रतिशतबाट ५ प्रतिशतमा झर्ने लक्ष्य रहेको छ । तथ्यांक अनुसार मानव विकास सूचनांक ०.६०१ बाट बढाएर ०.६५ पुर्याउने लक्ष्य रहेको छ । मानव सम्पत्ति सूचकांक ७६.३ बाट ७८ पुर्याउने लक्ष्य रहेको छ ।

आर्थिक तथा वातावरणीय जोखिम सूचकांक २९.७ बाट २४ मा झार्ने लक्ष्य पनि तय भएको छ । यसैगरी अपेक्षित आयु ७१.३ बाट ७३ वर्ष पुर्याउने लक्ष्य रहेको छ । ३० मिनेटको दुरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार ७७ बाट ९० प्रतिशत पुर्याउने लक्ष्य रहेको छ ।

उच्च मध्यमस्तरको खानेपानीको पहुँच भएको घरपरिवार २५.८ बाट ४५ प्रतिशत पुर्याउने लक्ष्य रहेको छ । साक्षरता दर ७६.२ बाट ८५ प्रतिशत पुर्याउने लक्ष्य रहेको छ ।

प्रकाशित : २ जेष्ठ २०८१, बुधबार १७:१०