नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. ओझा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. ओझा नियुक्त



काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम ओझा नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको १८ औँ बैठकले ओझालाई महानिर्देशकमा नियुक्त गरेको हो ।

कार्यक्रममा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नवनियुक्त महानिर्देशक ओझालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

उनले उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवर्द्धन रोजगारी सृजना, आर्थिक विकासका लागि सक्रियतापूर्वक काम गरिरहेको बताए ।

नवनियुक्त महानिर्देशक ओझाले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई थप प्रभावकारी बनाउने गरी काम गर्ने बताए । उनले परिसंघमा आवद्ध सम्पूर्ण सदस्यहरूमा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेतर्फ विशेष ध्यान दिने पनि बताए ।

उनल विभिन्न मिडियामार्फत पत्रकारिता गरी लगानी बोर्डको कार्यालय, नेपाल पूर्वाधार बैंकलगायत अन्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिष्ठित संस्थाहरुमा काम गरिसेकेका छन् । उनले जनप्रशासनमा विद्यावारिधी हासिल गरेका छन् ।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलवार १७:२२