ग्यारो ब्रान्डको नयाँ स्कुटर डीटी ६० अब नेपालमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

ग्यारो ब्रान्डको नयाँ स्कुटर डीटी ६० अब नेपालमा



काठमाडौं। नेपालमा क्रसफायर तथा इटालीका मोटरसाइकल बिक्री गर्दै आएको कम्पनी क्लासीक ह्वील इम्पोर्ट एण्ड एक्स्पोर्ट प्रालिले इभीको ग्यारो ब्रान्डको नयाँ स्कुटर डीटी ६० स्कुटर नेपाल भित्र्याएको छ ।

कम्पनीले दावी गरे अनुसार उक्त स्कुटरले एक पटकको फुल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिन्छ । ग्यारो डीटी ६० मा ४८ भोल्ट १८० एम्पीयर आवर ९८.४६ किलोवाट अवार० को लिथियम आयोन ब्याट्री उपलब्ध छ ।

यो स्कुटरमा तीन राइड मोड उपलब्ध छ जसमा इको मोडमा ३५० किलोमिटर, ड्राइभिङ मोडलमा २८० किलोमिटर र स्पोर्टस् मोडमा २०० किलोमिटरसम्म रेन्ज उपलब्ध हुने कम्पनीको दावी छ ।

यो स्कुटरमा ४ हजार वाटको पीक पावर क्षमताको मोटर उपलब्ध छ । यसको टप स्पीड ६८ किलोमिटर प्रतिघन्टाको छ ।

कम्पनीले ३ लाख ६५ हजार रुपैयाँ निर्धारण गरेर उक्त स्कुटरको बुकिङ लिन सुरू गरेको हो ।ग्यारो डीटी ६० किन्न चाहाने ग्राहकले क्रसफायर तथा इटालीका मोटोको महारागंज स्थीत सोरुमबाट बुकिङ गर्न सक्नेछन् ।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलवार १२:५६