सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८७ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८७ प्रतिशतले बढ्यो



काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/८१ को तेश्रो त्रैमाससम्ममा २८ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

कम्पनीले सोमबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार सो नाफा गरेको हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १५ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो नाफा गत आवको सो अवधिका तुलनामा ८७.३५ प्रतिशतले बृद्धि हो ।

त्यस्तै कम्पनीेले चैत मसान्तसम्ममा ४ अर्ब २४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन पनि गत आवको सोहि अवधिको तुलनामा ५.६१ प्रतिशतले बृद्धि हो ।

यसैगरी, उक्त अवधिसम्ममा कम्पनीले शेयर प्रिमियममा १ अर्ब ५५ करोड रुपैयाँ संचित गरेको छ । वित्तीय विवरणमा उल्लेख भए अनुसार उक्त अवधिमा कम्पनीको महाविपत्तीकोषमा १६ करोड ५३ लाख रुपैयाँ छ ।

चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार १३ अर्ब ७ करोड रुपैयाँ छ ।समीक्षा अवधिमा कम्पनीले पुनर्बीमामार्फत २५ करोड २६ लाख रुपैयाँ खर्च गरेको छ । गत आवको सोहि अवधिसम्ममा कम्पनीले २९ करोड रुपैयाँ पुनर्बीमामार्फत् खर्च गरेको छ ।

कम्पनीले यस अवधिमा ३ अर्ब ९९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३ अर्ब ७२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७.०५ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिसम्ममा कम्पनीले ४३ करोड ३५ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड ५९ लाख रुपैयाँ उक्त शिर्षकमा खर्च गरेको थियो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९.५३ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १७५.७२ रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी ३ अर्ब ९३ करोड रुपैयाँ छ ।

प्रकाशित : ३१ बैशाख २०८१, सोमबार १२:२४