चालु खाता १७ खर्ब ९ अर्बले बचतमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

चालु खाता १७ खर्ब ९ अर्बले बचतमा



काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा चालु खाता १७ खर्ब ९ अर्ब ४८ करोडले बचतमा रहेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ८३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आई ४ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ४८ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ५ अर्ब ९१ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोडले धनात्मक रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ३६ खर्ब ५ अर्ब १६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १७ खर्ब ४ अर्ब २८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७५ करोडले बचतमा रहेको छ ।

प्रकाशित : ३० बैशाख २०८१, आईतवार १५:५५