पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन,सर्वोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाइ स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन,सर्वोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाइ स्थगित



काठमाडौँ । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको छ । उनको निधनको खबरपछि सर्वोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाइ स्थगित भएको छ ।

पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ । आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएपनि योसहित सबै स्थगित हुने भएको छ ।

तर, प्रशासनीक कार्यहरु भने निरन्तर हुने सर्वोच्चले जनाएको छ । सिजापतिको बुधबार साँझ निधन भएपनि बिहीबार ढिलागरी जानकारी प्राप्त भएको थियो ।

कुनै पूर्वन्यायाधीशको निधनको खबरसँगै त्यसदिनको सुनुवाइ नगर्ने परम्परा सर्वोच्चमा रहेको छ । सिजापति २०६१ वैशाख ३ देखि २०६२ माघ ३० गतेसम्म न्यायाधीश थिए ।

प्रकाशित : २७ बैशाख २०८१, बिहीबार १३:०७