सांग्रिला डेभलपमेन्ट बैंकद्वारा अन्तरशाखा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा अन्तरशाखा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अन्तर शाखा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । आफ्नो शाखाका कर्मचारीको वृत्ति विकास गर्न बृहत रुपमा हाजिरजवाफ प्रतियोगिता आयोजना गरेको हो । गत बुधवार अन्तिम चरणमा देश राउण्ड (Country Round) हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको बैंकले जनाएको छ ।

गत माघ २६ गते शाखास्तरमा शुरु भएको सो प्रतियोगिता फागुन २८ मा क्लष्टरस्तरमा हाजिर प्रतियोगिता सम्पन्न भई सो प्रतियोगिताबाट छनौट भएकालाई अन्तिम चरणमा आम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा अन्तिम चरणको हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितालाई सञ्चालन तथा कर्जा गरी दुई समूहमा वर्गीकरण गरिएको थियो । शाखास्तरको प्रथम चरणमा ४६४ कर्मचारी सहभागी भएकामा सो प्रतियोगिताबाट विजयी १८७ कर्मचारीले क्लष्टरस्तरको दोस्रो चरणमा भाग लिएका थिए । दोस्रो चरणमा विजयी तथा उपविजेतालाई सञ्चालन तथा कर्जा समूहका २०–२० जना गरी जम्मा ४० प्रतियोगीको अन्तिम चरणको कन्ट्रि राउन्डमा सहभागीता रहेको बताइएको छ ।

सो कार्यक्रममा यस बैंकका कार्यकारी एवं उच्च व्यवस्थापन तहका कर्मचारी, विभागीय तथा इकाइ प्रमुखहरु, क्लष्टर, सब–क्लष्टर प्रमुख, शाखा प्रमुखहरु तथा अन्य कर्मचारी समेत गरी भौतिक रुपमा तथा अनलाइन रही करिव ३५० भन्दा बढी कर्मचारीले उत्साहजनक रुपमा सहभागी भएर प्रतियोगीको हौसला बढाएका थिए ।

अन्तिम चरणको हाजिरजवाफ प्रतियोगितामा सञ्चालन समूहको तर्फबाट सुर्खेत सव क्लष्टरका महेश रावल तथा हेमन्त वि.सी. विजयी भएका थिए भने धनगढी क्लष्टरका निरज कुँवर तथा गणेश सिंह ठगुन्ना उपविजेता भए । त्यस्तै, कर्जा समूहका तर्फबाट काठमाडौं क्लष्टरका चेतन भट्टराई तथा संजुकुमारी श्रेष्ठ विजयी भएका थिए भने विरगञ्ज सव क्लष्टरका लवदेव पाठक तथा अरुण ब्लोन उपविजेता बनेका छन् ।

कार्यक्रममा दुई समूहका चार जना विजयी कर्मचारी प्रत्येकलाई नगद रु ६० हजार, दुई समूहका उपविजेता चार जना कर्मचारी प्रत्येकलाई नगद ४० हजार पुरस्कार सहित प्रमाणत्र प्रदान गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैंकको यस बैंकको इतिहासमै पहिलो तथा विकास बैंकहरुमै नौलो किसिमको आयोजना गरिएको यस्तो प्रतियोगिताले कर्मचारीहरुमा सिक्ने तथा पढ्ने बानी बसाली वृत्ती विकासमा बलियो टेवा पुग्ने हूनाले आगामी दिनमा समेत बैंकले यस्ता कार्यक्रमहरु थप गर्दै जाने बताएका छन् ।

प्रकाशित : २३ बैशाख २०८१, आईतवार १३:०२