पिपुल्स पावरमा नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा अर्याल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

पिपुल्स पावरमा नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा अर्याल



काठमाडौं । पिपुल्स पावर लिमिटेडमा नयाँ सञ्चालक समिति चयन भएको छ । कम्पनीको गत वैशाख १७ गते सम्पन्न कम्पनीको गत आर्थिक वर्ष २०७८/०७९ र २०७९/ ८० को छैटौं र सातौं वार्षिक साधारण सभाले गरेको निर्वाचनबाट अध्यक्षमा टंकराज अर्याल निर्विरोध चयन भएका छन् ।

सोही निर्वाचनले संस्थापक शेयरधनीतर्फबाट सञ्चालकमा रामकाजी श्रेष्ठ,आरती अधिकारी, उद्वव भट्टलाई चयन गरेको छ । सर्वसाधारण शेयरधनीतर्फ सञ्चालकमा श्रीकृष्ण अर्याल र उपेन पराजुली चयन भएका छन् ।उता स्वतन्त्र सञ्चालकमा भने निर्वाण शर्मा चयन भएका छन् ।

प्रकाशित : २३ बैशाख २०८१, आईतवार १२:१०