राष्ट्रपति पौडेलले जारी गरे लगानी सहजीकरणसम्बन्धी अध्यादेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

राष्ट्रपति पौडेलले जारी गरे लगानी सहजीकरणसम्बन्धी अध्यादेश



काठमाडौं । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेका हुन्।

वैशाख १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

सरकारले भूमिसम्बन्धी ऐन २०२१, जग्गा प्राप्ती ऐन २०३४, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३, विशेष आर्थिक क्षेत्र ऐन २०७३, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६, औद्योगिक व्यवसाय ऐन २०७६ संशोधनका लागि सिफारिस गरेको थियो ।

तेस्रो लगानी सम्मेलन अगाडी नै कानुन संशोधन गर्ने सरकारको तयारी थियो । तर, संसद अन्त्य भएसँगै अध्यादेशमार्फत ऐन संशोधन गरिएको हो ।

प्रकाशित : १६ बैशाख २०८१, आईतवार १२:०५