सूर्यज्योति लाइफ इन्स्योरेन्सकाे नाफामा बृद्धि, अन्य सूचक कस्ताे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सूर्यज्योति लाइफ इन्स्योरेन्सकाे नाफामा बृद्धि, अन्य सूचक कस्ताे ?



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चैत मसान्तको वित्तीय अवस्था सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिमा कम्पनीले २९ करोड ५४ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा २२ करोड ६ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको खुद बिमा शुल्क आर्जन भने छ अर्ब ३७ करोड ४४ लाख पाँच हजार रुपैयाँ पुगेको छ । यस्तै‌ कुल बिमा शुल्क आर्जन छ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा चार अर्ब ७३ करोड ४३ लाख रुपैयाँ रहेको थियो।

कर्जा तथा लगानीबाट हुने आम्दानी दुई अर्ब २८ करोड ५० लाख ६० हजार रुपैयाँ पुगेको छ । कम्पनीको कुल आम्दानी आठ अर्ब ८९ करोड ५६ लाख १४ हजार रुपैयाँ पुगेको छ ।

चार अर्ब ५४ करोड ५५ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ३४ करोड १७ लाख ६१ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ३२ करोड ६९ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको जीवन बिमा कोषको आकार ३२ अर्ब दुई करोड ७२ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २७ अर्ब २९ करोड ९३ लाख रुपैयाँ थियो । कम्पनीको वार्षिक प्रति सेयर आम्दानी ८.६७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६.३१ रुपैयाँ रहेको छ।

प्रकाशित : १४ बैशाख २०८१, शुक्रबार १२:३५