दुई सचिवको सरुवा: अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

दुई सचिवको सरुवा: अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीलाई



काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवका रुपमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्करलाई सरकारले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।

नेसनल पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि सचिव मरासिनी निलम्बनमा परेका थिए । अख्तियारले मुद्दा दर्ता गर्दा मरासिनी प्रधानमन्त्री कार्यालयका सचिव थिए । सहसचिव हुँदा लामो समय अर्थमन्त्रालय बसेका मरासिनी सचिव भएर पनि अर्थमन्त्रालयमा काम गरिसकेका छन् ।

अदालतले उनलाई सफाइ दिएपछि मरासिनिको निलम्बन फुकुवा भएसँगै सरकारले फेरि अर्थ मन्त्रालयको जिम्मेवारी दिएको हो ।

प्रकाशित : १० बैशाख २०८१, सोमबार १३:१९