प्रभु बैंकले कमायो १ अर्ब ८१ करोड खुद नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

प्रभु बैंकले कमायो १ अर्ब ८१ करोड खुद नाफा



काठमाडाैं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा बैंकले १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा भने ७.२७ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड ४६ लाख २५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

तेस्रो त्रैमाससम्म बैंकले ८ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २६.३१ प्रतिशतले बढी हो ।

यस्तै, बैंकको संचालन नाफा भने ३१.३८ प्रतिशत वृद्धि भई ३ अर्ब ५७ करोड २७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने २ अर्ब ४० करोड २९ लाख रुपैयाँ कायम पुगेको छ। हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा भने ९ अर्ब ८६ करोड २७ लाख रुपैयाँ राखेको छ । तेस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ६ पैसा कायम भएको छ ।

प्रकाशित : ७ बैशाख २०८१, शुक्रबार १३:०३