सुनको मूल्यमा रेकर्ड ब्रेक, तोलामा कति घट्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्यमा रेकर्ड ब्रेक, तोलामा कति घट्यो ?



काठमाडौं । सुनको मुल्यमा आज रेकर्ड ब्रेक लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मुल्य तोला २०० रुपैयाँले घटेर प्रतितोला एक लाख ३६ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ९५० रुपैयाँ कायम छ ।

यसअघि, बुधबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य प्रतितोला १७ सय रुपैयाँ कायम रहेको छ । बुधबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

प्रकाशित : २९ चैत्र २०८०, बिहीबार ११:४२