नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा अग्रवाल निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थतन्त्र

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा अग्रवाल निर्वाचित



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित भएका छन् । कमर्सको मंगलबार भएको ७३औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा, वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दिपक श्रेष्ठ, वस्तुगत संघतर्फ सुरेन्द्रकुमार श्रेष्ठ, द्विराष्ट्रियमा निलकण्ठ चौलागाईं र जिल्ला तर्फको उपाध्यक्षमा सन्तोषकुमार पाण्डे निर्विरोध निर्वाचित भएका छन् । साथै अर्जुनप्रसाद शर्मालाई भने साधारणसभाले मानार्थ उपाध्यक्ष चयन गरेको छ ।

७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनीत बाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित : २८ चैत्र २०८०, बुधबार १०:०६