सुनको मुल्य हालसम्मकै महँगो, कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य हालसम्मकै महँगो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार सुनचाँदीको मुल्य बढेको छ । आइतबार प्रतितोला एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा छ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३६ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा छ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला एक हजार छ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २६ चैत्र २०८०, सोमबार ११:०४