सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, कतिमा भइरहेकाे काराेबार छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, कतिमा भइरहेकाे काराेबार छ ?



काठमाडौं । सुनको मुल्यले आइतबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मुल्य प्रतितोला २९ सय रुपैयाँले बढेर एक लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३२ हजार ७०० रुपैयाँ किनबेच भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको मुल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेर १६ सय ७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला १६ सय १५ रुपैयाँमा स्थिर रहेको थियो ।

प्रकाशित : २५ चैत्र २०८०, आईतवार १२:०८