सुनको मुल्यमा दिनदिनै नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्यमा दिनदिनै नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार सुनको मुल्य ऐतिहासिक बिन्दुमा कारोबार भइरहेको छ । मंगलबार ४०० रुपैयाँले घटेको सुनको मुल्य बुधबार एक हजार ८०० रुपैयाँ बढेर रेकर्ड कायम गरेको हो ।

बुधबार छापावाला सुनको मुल्य प्रतितोला एक लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मुल्य एक लाख ३१ हजार २०० रुपैयाँ तोकिएको थियो । यसअघि चैत १९ गते प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँ पुगेर सुनको मुल्यले ऐतिहासिक बिन्दु कायम गरेको थियो ।

विगत केही महिनादेखि नै सुन र चाँदीको भाउ निरन्तर उकालो यात्रामा रहेको छ । अमेरिकी डलरको मूल्यमा देखिएको मजवुतिसँगै त्यसको प्रभाव सुनको मुल्यमा पर्दै गएको बिश्लेषकहरुले बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुन प्रतितोला एक लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला एक लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज चाँदीको मुल्य पनि तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला १६ सय १० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला १५ सय ४५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २१ चैत्र २०८०, बुधबार ११:३५