प्रभु इन्स्योरेन्सले चैत ३० गतेदेखि ५० प्रतिशत हकप्रद निकाष्सन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु इन्स्योरेन्सले चैत ३० गतेदेखि ५० प्रतिशत हकप्रद निकाष्सन गर्ने



काठमाडौ ८ चैत ।प्रभु इन्स्योरेन्स ले चैत ३० गतेदेखि ५० प्रतिशत हकप्रद निकाष्सन गर्ने भएको छ । कम्पनीले हकप्रद प्रयोजनका लागि चैत ६ गते सेयरधनी पुस्तीका बन्द गरिसकेकाले सो दिनभन्दा अगाडि कम्पनीको सेयर किनेका लगानीकर्ताले पचास प्रतिशत हकप्रद भर्न पाउनेछन् ।

इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ताको अनुपातमा १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको बराबरको एक सय रुपैँया अंकित दरका १९ लाख २५ हजार ७८.८१ कित्ता हकप्रद निकाल्न लागेको हो । कम्पनीले धितोपत्र बोर्डबाट फागुन १२ गते ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरमा जेठ २ गतेसम्म बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, प्रभु बैंकका शाखा कार्यालयहरुबाट आवेदन दिन पाइने क्यापिटलले जनाएको छ ।

प्रकाशित : ८ चैत्र २०७३, मंगलवार ०५:२५