नीतिगत सुधारमार्फत सेयर बजारलाई चलायमान बनाइने, यस्ता छन् गठबन्धनको साझा संकल्प (पूर्णपाठसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नीतिगत सुधारमार्फत सेयर बजारलाई चलायमान बनाइने, यस्ता छन् गठबन्धनको साझा संकल्प (पूर्णपाठसहित)



काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम९संकल्प० सार्वजनिक गरेका छन् । गठबन्धन सरकारमा सहभागी नेकपा एमाले, माओवादी केन्द्र, राष्टिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले सरकारको न्यूनतम साझा कार्यक्रम तथा संकल्प मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेका हुन् ।

गठबन्धनमा सहभागी दलहरुले संकल्पमा सेयर बजारको सुधारलाई समेत प्राथमिकतामा राखेका छन् । संकल्पमा भनिएको छ–‘सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने।’

दलहरुले आर्थिक शिथिलतालाई अन्त्य गर्ने विशेष कार्यक्रम तथा घोषणा समेत गरेका छन् । अर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीब्रता दिने जनाएका छन् ।

त्यस्तै, सुस्त कर्जा प्रवाह र पुँजीगत सार्वजनिक खर्चको न्यूनताजस्ता समस्याको समाधान गर्ने, वित्तीय र मौद्रिक नीतिबीच समन्वय गर्दै, तत्कालिक र मध्यकालीन लगानी र रोजगारमैत्री नीतिगत सुधारमा बाधा पुर्याउने बिभिन्न कानुनहरु संशोधन गर्ने, सार्वजनिक वित्तको दिगो व्यवस्थापनमा चुनौतीको रूपमा रहेको राजश्व र खर्चबीच बढिरहेको अन्तरलाई कम गर्न राजश्व सुधार, सरकारी खर्चमा मितव्ययिता, वैदेशिक सहयोगका नवीन स्रोतहरूको पहिचान र परिचालन गर्ने पनि भनिएकाे छ ।

विप्रेषण आप्रवाहलाई उत्पादनशील गतिविधिमा लगाउने र सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने, सहुलियतमा रहेको हरित वित्त, अन्तर्राष्ट्रिय बजारमा पहुँच र प्रविधि हस्तान्तरणलाई केन्द्रविन्दूमा राखी अतिकम विकसित राष्ट्रको दर्जाबाट स्तरोन्नति भएपछिको संक्रमणकालिन रणनीति कार्यान्वयन गर्ने लगाएतका संकल्प सार्वजनिक गरेका छन् ।

यस्तो छ पाँच राजनीतिक दलको साझा संकल्प :

प्रकाशित : ७ चैत्र २०८०, बुधबार १०:३८