ब्याजदरः एनआईसी एशियाको बढ्यो,अन्य बैंकले कति घटाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ब्याजदरः एनआईसी एशियाको बढ्यो,अन्य बैंकले कति घटाए ?



काठमाडौं । चैत महिनाका लागि बैंकहरुले ब्याजदर घटाएका छन् । अधिकांश बैंकहरुले ब्याजदर घटाएका हुन् । हाल संचालनमा रहेकामध्ये १७ वटा बैंकहरुको ब्याजदर घटाएका छन् । दुई बैंकले भने फागुन महिनाकै ब्याजदरलाई नै निरन्तरता दिएका छन् । चैत महिनामा ब्याजदर बढाउनेमा एनआईसी एशिया रहेको छ ।

चैत महिनाका लागि प्रभु र ग्लोबल आइएमई बैंकले ब्याजदर स्थिर राखेका हुन् । यी दुई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७.५ प्रतिशत कायम गरेका छन् । गत फागुनमा पनि सोही ब्याज प्रदान गरेका थिए । तर, प्रभु र ग्लोबल आइएमईले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर भने १ प्रतिशत बढाएका छन् । चैतमा संस्थागत तर्फ भने बैंकले ६.५ प्रतिशतका दरले ब्याज प्रदान गर्ने भएका हुन् ।

तर, चैत महिनाका लागि एनआईसी एशिया बैंकले भने ब्याजदर वृद्धि गरेका छ । फागनु व्यक्तिगत मुद्दति निक्षेपमा ८ प्रतिशत ब्याज प्रदान गरेको थियो । तर, चैत महिनाका लागि भने बैंकले यस्तो ब्याजदर ८.५४ प्रतिशत कायम गरेको छ । यस्तै, संस्थागत मुद्दति निक्षेप तर्फ पनि बैंकले ७.५४ प्रतिशत ब्याज दिने भएको हो । तर, फागुन बैंकको यस्तो ब्याजदर ६ प्रतिशत रहेको थियो ।

यी बैंकहरु बाहेकका अन्य बैंकहरुले भने ब्याजदर घटाएका छन् । चैत महिनाका लागि प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दति तर्फ ७.२५ प्रतिशत र संस्थागत तर्फ ६.६ प्रतिशत, नेपाल बैंकले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत, माछापुच्छ्रेले व्यक्तिगत तर्फ ७.७५ प्रतिशत र संस्थागत तर्फ ६ प्रशित ब्याजदर तोकेका छन् ।

यस्तै, चैत महिनाका लागि सानिमा बैंकले व्यक्तिगत मुद्दति निक्षेप तर्फ ७.२५ प्रतिशत र संस्थागत तर्फ ६.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५.३५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले पनि व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५.२५ पतिशत ब्याज प्रदान गर्ने भएका छन् ।

त्यसैगरि सिटिजन्स बैंकले व्यक्तिगत मुद्दति तर्फ ७.७५ प्रतिशत र संस्थागत तर्फ ६.१५ प्रतिशत, नबिल बैंकले व्यक्तिगत तर्फ ७.२५ प्रतिशत र संस्थागत तर्फ ६.२५ प्रतिशत, कुमारीले व्यक्तिगत तर्फ ७.५१ प्रतिशत र संस्थागत तर्फ ६.५१ प्रतिशत, सिद्धार्थ र लक्ष्मी सनराइजले व्यक्तिगत तर्फ ७.५ प्रतिशत र संस्थागत तर्फ ६.५ प्रतिशत बराबरी, हिमालयन बैंकले व्यक्तिगत तर्फ ७.५ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत ब्याज प्रदान गर्ने भएका छन् ।

यता, एनएमबि बैंकले व्यक्तिगत मुद्दति निक्षप तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत, नेपाल एसबिआईले व्यक्तिगत तर्फ ७.०१ प्रतिशत र संस्थागत तर्फ ६.०१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत र एभरेष्ट बैंकले व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागत तर्फ ५.५ प्रतिशत ब्याज प्रदान गर्ने भएका छन् ।

तर, आगामी चैत महिनामा सबैभन्दा कम ब्याजदर भने कृषि विकास बैंकले दिने भएको छ। चैत महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपमा ५.६६१ प्रतिशत र संस्थागत निक्षेपमा ४.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार ११:०४