अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न पर्दैन् : गृहमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न पर्दैन् : गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत गैरकानुनी काम, कर छली, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गर्ने व्यक्ति र समूहलाई कारबाही गर्न आदेश कुर्न नपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीहरुलाई मेरो अपिल : देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, करछली गरेको छ, गुन्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् ।,

प्रकाशित : २९ फाल्गुन २०८०, मंगलवार १५:०५