राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित



काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । दाहाल ३९ मतले राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएका हुन्। सभाको मंगलबार बसेको बैठकले दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनेको घोषणा गरेको हो ।

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका युवराज शर्मा र माओवादीबाट दाहालको उम्मेदवारी परेको थियो । युवराज शर्माले १७ मत पाएका छन् ।

राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा ३ बमोजिम उनलाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरिएको हो ।

प्रकाशित : २९ फाल्गुन २०८०, मंगलवार १३:५९