नव नियुक्त मन्त्रीहरुले लिए सपथ, यस्तो बन्यो २० सदस्यीय मन्त्रिपरिषद् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नव नियुक्त मन्त्रीहरुले लिए सपथ, यस्तो बन्यो २० सदस्यीय मन्त्रिपरिषद्



काठमाडौं । नवनियुक्त मन्त्रीहरुले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष उनीहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद विस्तार गरेसंगै मन्त्रिपरिषद प्रधानमन्त्री सहित २० सदस्यीय भएको छ ।मन्त्रिपरिषदको आकार अधिकतम २५ सदस्यीय तोकिएकोले थप ५ जना मन्त्री हुन सक्ने छन् ।

वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जसपाले हस्ताक्षर गरेका छन् । तर, जसपाबाट हालसम्म मन्त्री टुंगिएका छैनन् ।

को-को बने मन्त्री

नेकपा एमालेबाट

१ रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

२ पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

३ हरि उप्रेती, रक्षा

४ भगवति चौधरी, महिला बालबालिका

५ राजेन्द्र राई, खानेपानी

६ दामोदर भण्डारी, उद्योग

७ ज्वालाकुमारी साह, कृषि

८ बलराम अधिकारी, भूमि व्यवस्था

माओवादीबाट

१ नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

२ वर्षमान पुन, अर्थ

३ शक्ति बस्नेत, उर्जा

४ रेखा शर्मा, सञ्चार

५ हितबहादुर तामाङ, पर्यटन

रास्वपाबाट

१ रवि लामिछाने, उपप्रधान तथा गृह

२ डीपी अर्याल, श्रम

३ विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

४ सुमना श्रेष्ठ, शिक्षा

एकीकृत समाजवादीबाट

१ भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन

२ धनबहादुर बुढा, सहरी विकास

प्रकाशित : २४ फाल्गुन २०८०, बिहीबार १२:००